ज्याक्सको विष्फोटक शतकमा आरसिबिको सानदार जित


काठमाडौं ।

इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा रोयज च्यालेन्जर्स बेंग्लुरुले सानदार जित दर्ता गरेको छ। आइतबार भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो।

जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चाथौ हार भएको छ। टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०० रन बनएको थियो। गुजरातका लागि साइ सुदर्शनले ८४ रनको नटआउट पारि खेल्दा मोहमद सारुख खानले ५८ रनको पारि खेले।

सुदर्शनले ४९ बलमा चार छक्का र आठ चौका प्रहार गरेका थिए। यसैगरी सारुख खानले ३० बलमा ५८ रन बनाउँदा पाँच छक्का र तीन चौका प्रहार गरे। यसैगरी डेभिड मिलरले नटआउट २६ रन बनाउँदा कप्तान शुभमन गिलले १६ रन बनाए। बेंग्लुरुका लागि स्वपनिल सिंह, मोहमद सिराज र ग्लेन म्याक्सवेलले समान एक एक विकेट लिए।

२०१ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको बेंग्लुरुको सुरुआत राम्रो भएको थियो। ३.५ ओभरमा टिमको स्कोर ४० रन हुँदा पहिलो विकेट कप्तान फाफ डु प्लेसि १२ बलमा २४ रन बनाएर आउट भए।

उनले तीन छक्का र एक चौका प्रहार गरेर विदा भएका थिए। उनलाई साइ किशोरले आउट गरेका थिए। त्यसपछि विराट कोहली र विल ज्याकले खेल जिताए। विल ज्याकले नटआउट शतकीय पारि खेल्दा कोहलीले नटआउट अर्धशतकीय पारि खेले।

ज्याकले १५.२ ओभर देखि १६ ओभरसम्म २८ रन जोड्दै शतक पूरा गर्दा वेंग्लुरु विजयी भयो। ज्याकले ४१ बलमा १०० रन बनाउँदा १० छक्का र पाँच चौका प्रहार गरे। यसैगरी ओपनर विराट कोहलीले ४४ बलमा ७० रनको नटआउट पारि खेल्दा तीन छक्का र छ चौका प्रहार गरे।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?