इलाम–२ मतगणनाः कांग्रेसका डम्बर खड्का एक हजार मतले पछि परे


वैशाख १६, काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन्। जारी मत गणनामा सुहाङले ३ हजार ७ सय ८३ मत ल्याएका छन् भने उनलाई कांग्रेसका डम्बर खड्काले २ हजार ७ सय ८२ मतसहित पछ्याइरहेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार डिकेन्द्र थेगिमले ७ सय ८४ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले ५ सय ६१ मत प्राप्त गरेका छन्। अहिले फाकफोकथुम गाउँपालिकाको मत गणना भइहरेको छ । १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?