सन्दीपको सुनुवाई भएन, विश्वकप खेल्ने सम्भावना लगभग समाप्त


वैशाख १६, काठमाडौं । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी हेर्न नभ्याइनेमा चढेको थियो।

जिल्ला अदालत काठमाडौंले ‘गौशाला २६ ले दायर गरेको मुद्दामा दोषी ठहर भएपछि सन्दी फैसला पुनरावलोकनका लागि उच्च अदालत पुगेका हुन्। सन्दीपको अब अर्को सुनुवाइ एक सातापछि हुने छ।

जसका कारण उच्चबाट सफाइ पाए पनि उनले टी २० विश्वकप खेल्ने सम्भावना निकै न्यून देखिएको छ। जुनमा हुने आइसीसी टी २० विश्वकप क्रिकेटका लागि सवै टिमले मे १ तारिखसम्म स्क्वाड आइसीसीमा बुझाउनु पर्ने समयसीमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?