इलाम उपनिर्वाचन : कांग्रेसले लियो सुरुवाती अग्रता


वैशाख १६, इलाम । इलाम २ उपनिर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका छन्। १५४१ मत फाकफोकथुम १ नम्बर मतगणना हुँदा कांग्रेसले सुरुवाती अग्रता लिएको हो।

खड्काले उमेदवारले ६५७ मत प्राप्त गरेका छन्। दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार सुहाङ नेम्वाङ रहेका छन्।

इलाम क्षेत्र नम्बर २ मा केही समय अघिबाट मतगणना सुरू भएको हो। यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस्तै रास्वपाका उमेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन्।

प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो। संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?