शंखमुलमा भएको आगलागी नियन्त्रणमा


वैशाख १६, काठमाडौं । काठमाडौंको शंखमुलमा भएको आगलागी नियन्त्रणमा आएको छ। आइतबार दिउँसो शंखमुलस्थित एक पसलमा खाना पकाउने ग्यास सिलिन्डर पड्किएर आगलागी भएको थियो।

लगत्तै महानगरीय प्रहरी र अन्य सुरक्षाकर्मीको टोली सो स्थानमा भएको आगलागी नियन्त्रणमा ल्याएको छ। आगलागी भएपछि अहिले काठमाडौं महानगरको टोली वारुण यन्त्रसहित पुगेको थियो। आगलागीबाट भएको क्षतिको विवरण आउँ बाँकी छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?