आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग


वैशाख १६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनका क्रममा निधन भएका ठाकुर प्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ। बर्दिया मधुवन नगर अध्यक्ष स्वर्गीय डाँगीलाई शहीद घोषणाका लागि माग गरेको हो। राप्रपाले ४० बुँदे माग राखेर चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका डाँगीको उपचारका क्रममा निधन भएको थियो।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा भक्तपुर जिल्ला समितिले डाँगीको १३ औ दिनको पून्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा राप्रपाका सांसद पशुपति शम्सेर जवराले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गर्नुपर्ने कुनै पनि कारण नरहेको बताए। उनलाई शहीद घोषणा नगरेर सडक र सदनबाट दबाब दिने बताए।

त्यस्तै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले आउने प्रतिनिधिसभाको बैठकमा डाँगीको मृत्युको विषयवस्तु उठाएर गृहमन्त्रीसँग पनि जवाफ माग्ने जानकारी दिए। राप्रपाले शहीद घोषणा गर्ने निर्णय गरिसकेको भन्दै त्यसबाट अलिकति पनि पछि नहट्ने उनले बताए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?