गायक सिडी विजयको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसा


वैशाख १६, काठमाडौँ । गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई भन्दा बढी माया गरेकी पत्नीले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ।

त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन्। गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन्।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ। आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन्।

प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन्।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ दिनशन शाहले गरेका हुन्। भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?