इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान


वैशाख १५, काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम– २ मा प्रतिनिधि सभा सदस्यका लागि बिहानबाट सुरु भएको मतदानमा दलका प्रतिस्पर्धी मुख्य भनिएका उम्मेदवारहरूले मतदान गरिसकेका छन्।

शनिबार एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे। नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले पनि सोही क्याम्पसमा रहेको मतदान केन्द्रको ‘क’ केन्द्रबाटै मतदान गरिसकेका छन्।

यस्तै, सोही केन्द्रबाट एमाले सांसाद महेश बस्नेतले पनि मतदान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले पनि माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गरेका छन्।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पनि मतदान गरिसकेको जानकारी दिएका छन्। उनले आफ्नै जन्मस्थान फाकफोकथुम गाउँपालिका –३ स्थित सिंहदेबी मा।बि। शुक्रबारे (क) मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिला मतदान गरेको जानकारी दिए।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ। इलाम–२ का प्रतिनिधि सभा सदस्य एमाले नेता सुवास नेम्वाङको निधन भएपछि रिक्त पदमा उपनिर्वाचन गराइएको हो। जहाँ उनकै छोरा सुहाङ उम्मेदवार छन्।

विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार इलाम– २ को चुनावी प्रतिस्पर्धामा छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?