जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी-२० सर्वाधिक रन चेजको रेकर्ड


वैशाख १५, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ। शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको थियो।

पञ्जावलाई ८ विकेटको शानदार जित दिलाउन लागि जोनी वेरिस्टोले शतकीय पारि खेल्दा प्रभसिमनर सिंह र शशांक सिंहले अर्धशतकीय पारि खेले।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जावले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि प्रभसिमरन र जोनी वेरिस्टोले ६ ओभरमा ९३ रनको ठोस साझेदारी गरेका थिए। २० बल खेलेका प्रभसिमरन ५४ रन बनाएर रनआउटको सिकार भए। उनले पाँच छक्का र चार चौका प्रहार गरे। त्यसपछि रिले रुसोसँग वेरिस्टोले पारि खघि बढाए। रुसो १६ बलमा २६ रन बनाएर आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे।

त्यसपछि शशांक सिंह र जोनी वेरिस्टोले पञ्जावलाई जित दिलाए। वेरिस्टोले ४८ बलमा १०८ रनको नटआउट शतकीय पारि खेले। उनले नौं छक्का र आठ चौका प्रहार गरे। यस्तै, २८ बलमा ६८ रन बनाएका शशांकले आठ छक्का र दुई चौका प्रहार गरे।

कोलकाताका सुनिल नारेनले एक विकेट लिए। पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो ।
कोलकाताले उत्कृष्ट सुरुआत गरेको थियो। १०.२ ओभरमा ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १३८ रनको साझेदारी गरको थिए। नारेन ३२ बलमा ७१ रनको पारि खेल्दै आउट भए। उनले चार छक्का र नौं चौका प्रहार गरे।

यस्तै, फिल साल्टले ३७ बलमा ७५ रन जोड्दा छ छक्का र छ चौका प्रहार गरेका थिए। बेंकटेश अय्यरले २३ बलमा ३९ रन जोड्दा कप्तान श्रीयस अय्यरले १० बलमा २८ रन बनाए। यसैगरी आन्द्रे रसेलले १२ बलमा २४ रन जोडेका थिए। पञ्जावका अर्षदीप सिंहले दुई विकेट लिए।

शुक्रबार रातिको जितसँगै पञ्जाव नौं खेलबाट छ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित भएको कोलकाता नाइट राइडर्स आठ खेलबाट १० अंकसहित तालिकाको दशौं स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?