‘हात्तीको भाइरल भिडियो ‘फेक’ हो, कागजी प्रक्रिया जारी छ’


वैशाख १३, काठमाडौं । नेपालको दुई दिने राजकिय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरुमा नेपालले उपहार दिने भनिएका दुईवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडिओ भाइरल भइरहेको छ।

बु्धबार दिउँसोदेखि भाइरल भिडिओमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ। सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडियो ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा नरेश विक्रम ढकालले जनाएका छन्।

नेपालले उपहार दिने भनिएका हात्ती कतार पठाउनका लागि कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

‘नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेकोमा अन्तर्राष्ट्रिय कानूनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएकाले आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुनेछ,’ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

कतार पठाउने भनिएका हात्तिहरु चितवन राष्ट्रिय निकुञ्जमा रहेको र सामाजिक सञ्जालमा भाइरल भिडियो समेत नेपालको नभएको बुझिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?