यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई


वैशाख १३, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले काजकिस्तानको अस्तानामा हुने एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीसहित ५ सदस्यीय टोलीलाई बिदाई गरेका छन्।

प्रतियोगिता अप्रिल २७ देखि मे ८ तारिखसम्म हुँदै छ। साथै प्रतियोगितामा पुरुष ४८ केजी समुहमा लालप्रसाद उप्रेती, महिला ४८ केजी समुहमा सुष्मा तामाङ र महिला ५० केजी समुहमा रमिशा श्रेष्ठले भाग लिँदै छन्।

त्यस्तै खेलाडीसँगै प्रशिक्षक सुजित पुन मगर र निर्णायक धनकुमार मैनाली पनि कजाकिस्तान जाँदै छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?