यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


वैशाख १२, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६६ पैसा रहेको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा र बिक्री दर १३३ रुपैयाँ ६९ पैसामा कारोबार भएको थियो।

आज युरो एकको खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६२ पैसा रहेको छ। मंगलबार एक युरोको खरिद दर १४१ रुपैयाँ ५७ पैसा र बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको थियो।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर खरिद दर १६४ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्री दर १६५ रुपैयाँ ६८ पैसा पुगेको छ। मंगलबार एक पाउण्डको खरिद दर १६३ रुपैयाँ ९३ पैसा र बिक्री दर १६४ रुपैयाँ ६७ पैसा कायम थियो।

बुधबार कतारी रियालको मूल्य बढेको छ। मंगलबार एक रियालको खरिद दर ३५ रुपैयाँ ४८ पैसा र बिक्री दर ३५ रुपैयाँ ६४ पैसा तोकिएकोमा आज रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसामा कारोबार भैरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?