यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, लुम्बिनीमा हावाहुरीको सम्भावना


वैशाख १२, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपातको समेत सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेश लगायत देशको तराईका केही स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?