डीडी न्यूजको लोगो परिवर्तन भएपछि..!


वैशाख ११, नयाँदिल्ली । काठमाडौं । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ। यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ। यो रङ भारतीय जनता पार्टी बिजेपीको झण्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन्।

लोकसभा चुनावमा दूरदर्शनको लोगोको रंग परिवर्तनको विपक्षी दलहरूले कडा आलोचना गरेका छन्। राज्यसभा सदस्य तथा पूर्व प्रसार भारती प्रमुख जवाहर सरकारले भनेका छन्, ‘यो प्रसार भारती होइन, यो प्रचार भारती हो। तर, प्रसार भारतीका वर्तमान प्रमुख कार्यकारी अधिकृत गौरव द्विवेदीले यी आरोपको खण्डन गरेका छन्। उनले भने, ‘लोगोमा चम्किलो रङको प्रयोग भनेको व्यापारिक रणनीति मात्र हो, यसको राजनीतिसँग कुनै सरोकार छैन ।’
गत वर्ष जनवरीमा ‘दूरदर्शन पोथिगाई’ टेलिभिजन च्यानलको नाम बदलेर ‘डीडी तमिल’ राखिएको थियो।

त्यतिबेला यो समाचारलाई लिएर निकै विवाद भएको थियो। तर, तमिलको लोगो पनि अहिलेको डीडी न्युजकै जस्तो रङमा परिवर्तन गरिएको थियो।
यस महिनाको सुरुमा केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दूरदर्शनमा फिल्म ‘द केरला स्टोरी’ प्रसारणको कडा विरोध गरेका थिए।

तर, यसका बाबजुद पनि फिल्म ५ अप्रिल राति ८ बजे दूरदर्शनमा प्रसारण भएको थियो। यो मामिला पनि टुंगिएको थिएन जब प्रसार भारती फेरि एकपटक डीडी न्यूजको लोगोको रंग परिवर्तनलाई लिएर विवादमा परेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?