‘ह्रस्व दीर्घ’ मा हरिहरको पण्डित लुक्स


वैशाख ५, काठमाडौं । अभिनेता तथा निर्माता हरिहर अधिकारी पेशाले ज्योतिष हुन्। उनी विशेषत युवा पुस्ता माझ ज्योतिषका रुपमा लोकप्रिय छन्। यिनै हरिहरले निर्माण र अभिनय गरेको फिल्म ‘ह्रस्व दीर्घ’ यसै वर्षको असोज ११ गते रिलिज हुँदैछ।

अभिनेता हरिहरले बुधबार परेको आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो फिल्मीको फस्टलुक सार्वजनिक गरेका छन्। फस्टलुकमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ। एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ। अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्।

यसअघि निर्माण पक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो। प्रेमकथा रहेको यो फिल्मको तेस्रो चरणको छायांकन बाँकी छ। बाँकी छायांकन मुम्बईमा हुनेछ।

द्वन्द्वनिर्देशनमा स्थापितनिर्देशकचन्द्र पन्तको निर्देशन रहेको फिल्ममा हरिरहर अधिकारीको कथा र कविरलालको छायांकन छ। अभिनेत्री नीता ढुंगानाको समेत निर्माण र अभिनय रहेको फिल्ममा विपना थापा, गरिमा शर्मासहित बलिउडका नाम चलेका केही कलाकारको अभिनय छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?