एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी


वैशाख ५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन्। लागू औषध मुद्दामा दोषी ठहर भएर कैद भुक्तान नगरेका लामालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई लामालाई पक्राउ गरेर अदालत पेश गर्ने तयारी गरेको छ।

लामालाई बुधबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सोमेन्द्रसिंह राठौरले जानकारी दिए। एन्फाको बिबाद बढेपछि अध्यक्ष पंकज बिक्रम नेम्बाङ नजिक दावाको पुरानो मुद्दा सार्वजनिक भएपछि उनी झन्डै ६ महिना यता फरार रहेका थिए। सामाजिक सञ्जालबाट पनि बाहिर रहेका उनी नयाँ बर्षसँगै सामाजिक सञ्जालमा सक्रिय भएका थिए ।

लामा लागुऔषध मुद्दामा ५ बर्ष कैद सजाय पाएका व्यक्ति हुन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?