आज पाउण्ड र युरोको भाउ घट्यो, अष्ट्रेलियान डलर कति ?


वैशाख ५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुुधबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसका दरले कारोबार भइरहेको छ।

मंगलबार अमेरिकी डलर एकको १३३ रुपैयाँ २३ पैसा र बिक्री दर १३३ रुपैयाँ ८३ पैसका दरले कारोबार भएको थियो । सोमबार भने डलरको खरिद मूल्य १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको थियो।

त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४५ पैसा रहेको रहेको छ। मंगलबार यूरो एकको १४२ रुपैयाँ ०२ पैसा र बिक्री दर १४२ रुपैयाँ ६६ पैसा रहेको पुगेकोमा सोमबार एक यूरोको विनिमय मूल्य १४१ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य १४२ रुपैयाँ ३७ पैसा तोकिएको थियो।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०५ पैसा र बिक्री दर १६६ रुपैयाँ ८० पैसा पुगेको छ। मंगलबार पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४२ पैसा र बिक्री दर १६७ रुपैयाँ १७ पैसा पुगेको थियो।

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?