आज सुनको मूल्य एक हजारले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


वैशाख ४, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज प्रतितोला एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सातले उकालो लागेर एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ। तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?