विवाहको १८ वर्षपछि धनुष र ऐश्वर्याको डिभोर्स


चैत २७, मुम्बई । अभिनेता तथा निर्माता धनुष र निर्देशक ऐश्वर्या रजनीकान्तले सम्बन्धविच्छेदका लागि निवेदन दिएका छन्। उनीहरुले हालैमात्र चेन्नईको एक पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएका हुन्।

गत वर्षको जनवरीमा धनुष र ऐश्वर्याले अलग हुने घोषणा गरेका थिए। ‘साथी, दम्पती, अभिभावक र एक अर्काकका शुभचिन्तकका रुपमा १८ वर्षको साथले यो विकास, समझदारी, समायोजन र एक अर्काको अनुकुल हुने यात्रा रह्यो। आज हामी त्यो मोडमा उभिएका छौं। जहाँ हाम्रो बाटो अलग भएको छ। ऐश्वर्या र मैले एक जोडीका रुपमा अलग हुने र वृहत्तर आशामा एक व्यक्तिका रुपमा एकअर्कालाई सम्झाउनका लागि समय लिने निर्णय लिएका छौं’, धनुषले सामाजिक सञ्जालमा लेखेका थिए।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए। उनीहरुका दुई छोरा यात्रा र लिंगा छन्। कामको कुरा गर्दा ऐश्वर्याले ‘लाल सलाम’बाट निर्देशकका रुपमा पुनरागमन गरेकी छिन्। जसमा उनका पिता रजनीकान्त विशेष भूमिकामा छन्।

धनुषको पछिल्ले फिल्म ‘क्याप्टल मिलर’ हो। जुन अरुण मथेश्वरद्वारा निर्देशित र सत्य ज्योति फिल्मद्वारा निर्मित एक्सन–एडभेन्जर फिल्म हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?