फिल्म ‘द होम बिफोर नाइट’ का लागि कलाकार खोज्दै निर्माता ग्लानी, पहिलो अडिसन मेलबर्नमा हुँदै


मेलबर्न अष्ट्रेलिया । नेपाली भाषमा बन्ने फिल्म ‘द होम बिफोर नाइट’का लागि अष्ट्रेलियामा कलाकार छनौट गर्ने काम भइरहेको छ। अष्ट्रेलियन नागरिक ग्लानी ग्याक्कोनले निर्माण गर्न लागेको उक्त फिल्मका लागि सलेक्सन गर्न मेलबर्नमा अडिसन गर्न लागेका हुन्। 

आप्रवासी विद्यार्थीले अष्ट्रेलियामा बसाइका क्रममा भोगेका कठिनाई र जन्मेको देश र कर्म गर्ने कुन देशलाई घर मान्ने भन्ने बारेमा कथा बस्तु रहेको निर्माता ग्याक्कोनले एमएनटिभीले गरेको विशेष कुराकानीमा बताएका छन्। फिल्मका लागि अनुभवी कलाकार भन्दा पनि नयाँ अनुहारलाई प्राथमिकतामा राखेको उनले बताए। अष्ट्रेलियामा विद्यार्थी भिसामा आएका जोसुकै नेपालीले अडिसनका लागि आवेदन दिन सकिने बताए।

अक्टोम्बरबाट फिल्मको छायाङ्कन गरिने उनले बताए। अष्ट्रेलियाको सिड्नीमा ५० प्रतिशत र बाँकी नेपालीमा फिल्मको छायांकन गर्ने योजना रहेको उनले सुनाए। [email protected] इमेलमा फोटो र आफ्नो परिचय पठाएका उपयुक्तलाई सट लिस्टेड गरी अडिसनमा लगिने उनको भनाइ छ। विद्यार्थी भिसामा अष्ट्रेलिया आएका इच्छुक नेपालीलाई आवेदन दिन उनले आग्रह गरेका छन्। कथावस्तु समय सान्दर्भिक भएकाले फिल्म ‘द होम बिफोर नाइट’लाई नेपाल र अष्ट्रेलियामा एक साथ प्रदर्शन गर्ने उनले बताए। ‘फिल्मको निर्माण सम्पन्न भइसकेपछि युरोप र अमेरिकाका फिल्म फेस्टिभलमा पनि लग्ने छौँ’, उनले भने। 

फिल्मको कथावस्तु निर्माता ग्याक्कोन आफैले लेखेका हुन्। सट लिस्टमा परेका कलाकार छनौटको अडिसन मेलबर्नमा रहेको एमएनटीभीको स्टुडियोमा हुने छ। 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?