करणको ‘बुल’बाट किन पछि हटे सलमान ?


चैत १७, मुम्बई । अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए।

फिल्मको छायांकन गत नोभेम्बरमा सुरु हुने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि त्यसमा काम सुरु भएन। निकै चर्चाका बीच सलमानले करणलाई जुलाईसम्म समय मागेका थिए। अहिले भने सलमानले आफ्ना साथी साजिद नाडियाडवालाको फिल्मलाई अगाडि बढाउने निर्णय लिएका छन्। जसकारण उनी करणको ‘बुल’बाट पछि हटेका छन्।

एआर मुरुगादासका साथ साजिदको फिल्म आगामी मे महिनामा फ्लोरमा जान तयारी अवस्थामा छ। यही बीचमा करणले ‘बुल’लाई नोभेम्बर २०२४ सम्म फ्लोरमा लैजाने सोचिरहेका थिए।

मिति अनिश्चित भएपछि करण र विष्णु सुटिङ कहिलेबाट थाल्ने भन्ने टुंगो गर्न सकेका थिएनन्। यही कारण सलमानले यो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएका छन्। उनले आफ्नो निर्णय करणलाई सुनाइसकेका छन्।

सलमानले प्रोजेक्टमा लगातार भइरहेको ढिलाइको दोष समयलाई दिएका छन्। करणले पनि एक वर्ष बढी समयदेखि सलमानलाई आफूले अलमल्याइरहेको बुझेका छन्। तर कुनै परिणाम नआएपछि सलमानको निर्णयलाई करणले पनि स्वीकारेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?