नेपाल २१ रनले पछि पर्दा आयरल्याण्ड विजयी


चैत १६, काठमाडौं । लोकेश बमले शतक बनाएको आयरल्याण्ड ए ९वुल्भ्स० विरुद्धको पहिलो टी २० क्रिकेटमा नेपाल ए पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपाल लक्ष्य पच्छ्याउने क्रममा २१ रनले पराजित भएको हो।

आयरल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो। आयरल्याण्डका पिटर मोरले ४९ रन बनाउँदा केड कार्मिचेल र निल रकले ३८–३८ रन बनाएका थिए।

यसैगरी स्टेफन दहानील्े ३४ रन जोड्दा ग्रेथ डेलनीले ३० तथा गाभिन होएले १८ रनको टआउट पारि खेले। नेपालका कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सागर ढकाल र आरिफ शेखले एक एक विकेट लिए।

२२३ रनको विशाल लक्ष्य पछ्याएको नेपालका लागि ओपनर लोकेश बलमे शतकीय पारि खेले पनि उनले साथ पाएनन्। लोकेशले ५६ बल फेस गर्दा ८ छक्का र ९ चौकाको मद्दतले १०६ रनको शानदार पारि खेले।

कप्तान विनोद भण्डारी १६ रन बनाएर आउट भए भने आरिफ शेखले मिडिल अर्डरमा ४९ रनको पारि खेले। अन्य खेलाडीले दोहोरो अंकमा रन कटाउन नसक्दा नेपाल अन्ततः १९.३ ओभरमा सवै विकेट गुमाएर २०१ रनमा रोकियो।

नेपालका देव खनाल, रसिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले खाता खोल्न सकेनन्। अर्जुन घर्ती ३, बसिर अहमद ३, किरण ठगुन्ना २ तथा सागर ढकालले १ रन बनाए।

आयरल्याण्डका फिनोन हान्ड र म्याथ्यु हमप्रेसले तीन तीन विकेट लिए भने म्याथ्यु फोस्टरले दुई विकेट हात पारे। जितसँगै आयरल्याण्ड ए ले तीन खेलको टी २० सिरिजमा १–० को अग्रता लिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?