यि हुन मन्त्रिपरिषदका पछिल्ला निर्णय


चैत १६, काठमाडौं । मन्त्रिपरिषद बैठकले सरकारको आर्थिक वर्ष २०७९।८०को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने भन्ने निर्णय गरेको छ। आर्थिक वर्ष २०८१–८२ को लागि प्रदेश स्थानिय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँड ढाँचा र हिस्सा बमोजिम अनुमानित राजस्व सात प्रदेशका लागि रु ७७ अर्ब ८५ करोड, स्थानीय तहको लागि ७७ अर्ब ८५ करोड र बित्तिय समानिकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृति गर्ने निर्णय समेत भएको छ।

चालु आर्थिक वर्ष ०८०–८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते बाली धानको प्रति क्वीटल दुई हजार ७ सय ७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोक्ने साथै १८ प्रतिशत भन्दा बढि चिस्यान भएको चैते धानको हकमा प्रति क्वीटल १२ सय ग्रामको दरले हुन आउने तौल घटाइ कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने भन्ने निर्णय भएको छ।

पर्यटन बोर्डको कार्यकारी रिक्त तीन सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्र बहादर लामा र राम प्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय भएको छ। नेपाल प्रसाशन सेवा समिकरणतर्फको राजपत्राङकित विशेष श्रेणीको रिक्त सचिव पदमा हरी प्रसाद लम्साललाई बढुवा गर्ने भन्ने निर्णय भएको छ।

विकास आयोजनाको लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख सङख्यामा फरक नपर्ने गरी राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने सम्बन्धि सर्त परिमार्जन गर्न स्वीकृति दिने निर्णय एको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?