पेस्तोल सहित समातिए प्रशान्त


चैत १५, काठमाडौं । ताप्लेजुङ फुङलिङका प्रशान्त पराङदेवा लिम्बु अवैध पेस्तोल सहित काठमाडौंको सरस्वतीनगरबाट समातिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गरेको अभियोगमा प्रशान्तलाई पक्राउ गरेको जनाएको छ।

हाल काठमाडौ महानगरपालिका–६ सरस्वतीनगर बस्ने गरेका २८ वर्षका प्रशान्तले कपन क्षेत्रमा शंकास्पद गतिविधिहरु गरेको सूचना पाएपछि उनलाई पेस्तोलसहित समातिएको प्रहरीको भनाई छ।

प्रशान्तले आफ्नो निवासमा कटुवा पेस्तोल थान १, धारिलो चक्कु थान २, फलामको हम्बर थान १, मोबाईल थान २ पनि राखेकोमा प्रहरीले बरामद गरेको जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?