सुनको भाउ निरन्तर उकालो लाग्दै, आज नयाँ रेकर्ड कायम


चैत १६, काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला एक्काइस सयले बढेर एक लाख ३० हजार पुगेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?