श्रीमति हत्या अभियोगमा बलराम थारु पक्राउ


चैत १५, काठमाडौं । श्रीमतीको हत्या अभियोगमा प्रहरीले बिहीबार दिउँसो एक जनालाई पक्राउ गरेको छ। कन्चनपुरको भिमदत्तनगरपालिका–१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुले २४ वर्षीया आशिका चौधरीको हत्या गरेका छन्।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलेआज दिउँसो थारुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकालीप्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। उक्त घटनाबारेथप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?