‘शैतान २’ को तयारीमा अजय


चैत १५, मुम्बई । निर्देशक विकास बहलको फिल्म ‘शैतान’ले थिएटरदेखि लिएर बक्सअफिससम्म आफ्नो छाप छोडिसकेको छ। सुपरनेचुरल हरर थ्रिलरको अभिनेता अजय देवगन र आर माधवन अभिनित फिल्मले दर्शकको मन जितिसकेको छ। अब दर्शकले यो फिल्मको सिक्वेलको माग गरेका छन्।

६५ करोडमा बनेको यो फिल्म हालसम्म विश्वव्यापी रुपमा दुई सय करोड व्यापारको नजिक पुग्न लागेको छ। निर्माताले यो फिल्मको सिक्वेलको योजना बनाइरहेका छन्।

निर्माताहरु सिक्वेलमा कथालाई नयाँ रुप दिन लागिपरेका छन्। निर्देशक विकासले ‘शैतान २’का लागि कथाको सार फेला पारिसकेका छन्। ‘शैतान २’मा कुनै परिवारमाथि कालो जादूको नियन्त्रणमा आधारित कथा हुने छैन। यसमा महाराष्ट्रको कोकम इलाकाका कथा देखाइनेछ। यो स्थान ‘काला जादू’ गतिविधिका लागि प्रख्यात स्थान हो। जहाँ ‘शैतान २’को सुटिङ हुनेछ।

फिल्ममा अजय देवगन, आर माधवन र ज्योतिका नै रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्म ‘शैतान’ गुजराती फिल्म ‘वश’को आधिकारिक हिन्दी रिमेक हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?