आरजु राणाको भारतमा शैल्यक्रिया, केही समय अस्पतालमै रहने


चैत १५, काठमाडौं । उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकी कांग्रेस नेतृ एवम सांसद डा आरजु राणा देउवाको ‘हाइफर पाराथाइरोडिज्म’को शैल्यक्रिया गरिएको छ। डा राणाका स्वकीय सचिव कमल रावलका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा चैत्र १४ गते सफलतापूर्वक शैल्यक्रिया भएको हो।

विहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार डा।राणा दुई बर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाह अनुसार नयाँ दिल्लीमा फलोअप उपचार गराउँदै आएकी हुन्। उनी चैत्र २ गते संघीय संसद सचिवालयलाई जानकारी गराइ भारत गएकी थिइन।

‘हाल माननीय डा।आरजु राणा देउवाज्यूको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्श अनुसार अझै केसी समय अस्पतालमै उपचार गर्नुपर्ने भएको जानकारी गराउँदछु,’विज्ञप्तिमा भनिएको छ।

डा।राणालाई अत्यधिक मासिक रक्तश्रावको समस्या भएपछि एक बर्षअघि मेदान्त अस्पतालमा स्वास्थ्य जाँच र शल्यक्रिया म्याक्समा गरिएको थियो। म्याक्समा भर्ना गरिएपछि उनको पाठेघर निकालिएको हो।

चिकित्सकीय भाषामा ‘हिस्टेरेक्टोमी फर हाइपरप्लेसिया अफ एण्डोमेट्रिएम’ भनिने शल्यक्रिया म्याक्स अस्पतालका अन्कोलोजिस्ट सर्जन डा हरित चतुर्वेदीको नेतृत्वको समूहले गरेको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?