आईपिएल : ३८ छक्कासहित कुल ५२३ रन बनेको खेलमा हैदरावादसँग मुम्बई ३१ रनले पराजित


Sunrisers Hyderabad players celebrates the wicket of Rohit Sharma of Mumbai Indians during match eight of the Indian Premier League season 17 (IPL 2024) between Sunrisers Hyderabad and Mumbai Indians held at the Rajiv Gandhi International Stadium, Hyderabad on the 27th March 2024. Photo by Vipin Pawar / Sportzpics for IPL

चैत १५, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत बुधबारको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो दुई ७७ रनको योगफल बनाएको छ।

रोयल च्यालेञ्जर्स बैंलुरुले सन् २०१३ मा बनाएको दुई सय ६३ रनको सर्वाधिक ठुलो गोगफल भंग गर्दै नयाँ इतिहास बनाएको छ। राजीव गान्धी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा दुई सय ७७ बनायो।

दुई सय ७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दुई सय ४६ रन मात्र बनाउन सक्यो। मुम्बईका लागि तिलक बर्माले अर्धशतक ६४ रन बनाए । इशन किसनले ३४ रन, रोहित शर्माले २६ रनको योगदान दिए । टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे।

हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे। यसअघि पहिले ब्याटिङ गरेको हैदरवादका लागि हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। त्यस्तै, एडन मारक्रमले ४२ रन, अभिषेक शर्माले ६२ रन बनको योगदान दिए।

मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिएका थिए। छक्का र चौकाको वर्षा भएको खेलमा ३८ छक्कासहित कुल ५२३ रन बने।

जारी आइपीएलमा हैदरवादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो। चेन्नाई लगातार दुई खेल जित्दै चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ। राजस्थान, हैदरावाद, कोलकाता, पञ्जाव, बेंग्लुरु र गुजरातले समान दुई दुई अंक जोडेका छन्। अहिलेसम्म दिल्ली, मुम्बई र लखनऊले जित निकाल्न सकेका छैनन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?