दोस्रो खेलमा पनि बहराइनसँग हार्याे नेपाल


चैत १४, काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ। मंगलबार राति भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए। दोस्रो हाफ भने गोलरहित सकिएको थियो। जितसँगै बहराइन समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ। नेपाल भने अङ्कविहीन हुँदै पुछारमा रहेको छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?