पुलमा पानी जहाज ठोक्किँदा १५ हजारको रोजिरोटीमा धक्का


चैत १३, मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस की ब्रिज’ को एक भाग भत्किएको छ। अमेरिकी समय अनुसार बिहान १ः३० बजे भएको यो घटना भएको हो। पुलमा ठोक्किएपछि आगो लाग्यो र जहाज डुब्यो।

सिंगापुरको झण्डा बाहक सो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै थियो। यसको नाम डाली हो। घटनामा परेका ७ जनाको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन्। पुल भत्किँदा त्यहाँ रहेका धेरै सवारीसाधन पनि पानीमा डुबेका छन्। तर, पुलमा कति मानिस थिए र अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन।

मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ। जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस की पुल सन् १९७७ मा पताप्स्को नदीमा बनाइएको थियो। अमेरिकाको राष्ट्रिय गान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यसको नाम राखिएको हो।
जहाजका चालक दल सकुशल छन् भने दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

डाली जहाजको स्वामित्वमा रहेको कम्पनीले जहाजमा उपस्थित दुई पाइलटसहित सम्पूर्ण चालक दल सकुशल रहेको जनाएको छ। उनीहरु घाइते भएका छैनन्। जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन। जहाजका मालिक र अधिकारीहरूले अनुसन्धान गरिरहेका छन्।

बाल्टिमोर हार्बरमा पानीको तापक्रम ९ डिग्री सेल्सियस छ। अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार जब तापक्रम २१ डिग्री सेल्सियसभन्दा कम हुन्छ, शरीरको तापक्रम पनि तीव्र गतिमा घट्छ। जसका कारण पानीमा डुबेका मानिसको ज्यान जोखिममा पर्न सक्छ।

गत वर्ष बाल्टिमोर बन्दरगाहबाट ६.६७ लाख करोड रुपैयाँको सामान पास भएको थियो।

मेरील्याण्ड सरकारको वेबसाइटका अनुसार गत वर्ष बाल्टिमोर बन्दरगाहबाट करिब ५२ मिलियन टन अन्तर्राष्ट्रिय कार्गो गएको थियो। यसको मूल्य ६ दशमलव ६७ लाख करोड रुपैयाँ थियो। यस बन्दरगाहबाट १५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। जसका कारण मेरिल्याण्डमा पनि करिब १ करोड ३९ लाख मानिसको जीवन धानिएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?