आईपीएल : कोहलीको अर्धशतकमा बेंगलुरुले पन्जाबलाई ४ विकेटले हरायो


चैत १३, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले पन्जाबविरुद्ध ४ विकेटको जित निकालेको छ। बेंगलुरुको एम चेन्नास्वामीमा पन्जाबले दिएको एक सय ७७ रनको लक्ष्य बैंग्लोरले ४ बल बांकी छँदै ६ वकेट गुमाएर पुरा गर्यो।

बैंग्लोरका लागि विराट कोहलीले सर्वाधिक ७७ रनको पारी खेले। त्यस्तै, दिनेश कार्तिकले २८ र महिपाल लोम्रोर १७ रनमा अविजित रहे। पन्जाबका लागि हरप्रित ब्रार र काशिगो राबाडाले दुई÷दुई तथा हर्ष पटेल र साम कुरानले एक÷एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो। पन्जाबका लागि कप्तान शिखर धवनले ३७ बलमा ५ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४५ रन बनाए।

प्रभ सिमरन सिंहले १७ बलमा २ चौका र २ छक्काको सहयोगमा २५ रन बनाए। जितेश शर्माले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए । शंशाक सिंहले ८ बलमा १ चौका र २ छक्काको सहयोगमा अविजित २१ रन बनाए। साम करनले १७बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए।

बेंग्लोरका लागि ग्लेन म्याक्सबेल र मोहम्मद सिराजले समान दुई÷दुई तथा अल्जारी जोसेप र यस दयालले समान एक÷एक विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?