‘म्याच फिक्सिङ’को आरोप लागेका पाँच खेलाडीले पाए सफाइ


चैत १३, काठमाडौँ । जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ।

न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच जनामाथि म्याच फिक्सिङको अभियोगमा नेपाल सरकारको दाबी नपुग्ने उल्लेख गर्दै सफाइ दिने आदेश गरेको हो। जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार पाँच खेलाडीलाई लगाएको अभियोगमा नेपाल सरकारको दाबी नपुगेपछि अदालतले सफाइ दिएको हो।

गत वर्ष काठमाडौँमा भएको नेपाल टी–२० लिगमा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ परेका खेलाडी गतवर्ष नै तीन लाख धरौटीमा छुटेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?