ललितपुरमा होली खेल्ने क्रममा ग्याङ फाइट, दुई जनाको मृत्यु


चैत १२, काठमाडौँ । ललितपुरमा होली खेल्ने क्रममा विवाद हुँदा दुई समूहबीच झडप भएको छ। ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको ज्यान गएको छ।

होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट भएको बताइएको छ। मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?