वेल्सकी राजकुमारी केटलाई क्यान्सर !


चैत १०, लन्डन । बेलायतको शाही परिवारकी बुहारी तथा वेल्सकी राजकुमारी केट मिडल्टन लामो समयदेखि सार्वजनिक कार्यक्रममा सहभागी भएकी छैनन्। राजकुमारी नै सार्वजनिक रुपमा देखा नपर्नु सबैको चासोको विषय बनिरहेको छ। यसै सिलसिलामा सामाजिक सञ्जालमा भने अनेकौं अनुमान र अफवाहहरू बढ्दै गएका छन्।

तर हिजो शुक्रबार मात्रै उनले एउटा आश्चर्य लाग्ने घटना सार्वजनिक गरेकी छन्। उनले क्यान्सरको रोकथामका लागि केमो थेरापीबाट गुज्रिरहेको सार्वजनिक गरेकी हुन्। जनवरीमा पेटको शल्यक्रिया गरेपछि गरिएको परीक्षणले क्यान्सर भएको पत्ता लगाएको उनको भनाइबाट पुष्टि हुन्छ।

उनी प्रिन्स विलियमकी पत्नी हुन्। उनको उमेर ४२ वर्ष पुगेको छ। केटले क्यान्सरको खोजलाई ‘ठूलो धक्का’ को रुपमा लिएको पनि बताएकी छन्।

‘क्यान्सर पत्ता लागेपछि मेडिकल टोलीले रोकथाममा केमो थेरापीको क्रमबाट गुज्रनुपर्छ भनेर सल्लाह दिएकोछ र म अहिले त्यो उपचारको प्रारम्भिक चरणमा छु,’ केटले भनेकी छन्।

जनवरीमा केटले दुई हप्ता अस्पतालमा बिताएकी थिइन्। उनले अहिले आफू ठीक भएको र बलियो हुँदै गएको महसुस गरेको पनि बताइन्। उनले केही सञ्चार माध्यमहरुमा भनेकीछन्‘विलियम र मैंले परिवारको लागि यस घटनालाई निजी रुपले व्यवस्थापन गर्नसक्दो प्रयास गरिरहेका छौं।’

थप उपचार गर्नका लागि शल्यक्रियाको असर कम हुनुपर्ने र पूर्ण रुपमा निको हुन समय लाग्ने उनले बताइन्। उनले भनिन्, ‘म ठीक छु र हुनेछु। छोराछोरी र शुभेच्छुकहरुलाई यही बुझाउने प्रयासमा छु।’

क्यान्सरबाट प्रभावित र रोगको सामना गरिरहेका सबैलाई उनले जुनसुकै अवस्थामा पनि विश्वास र आशा गुमाउन नहुने सन्देश पनि दिएकी छन्।

क्यान्सरको खबर सार्वजनिक भए पश्चातकेटका आफन्त, बेलायती राजनीतिक दलका नेताहरूले स्वास्थ्य लाभको कामना गरेका छन्। अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि चाडै सक्षम हुन सहानुभूतिको सन्देश पठाएको छ।

बिरामी भएको सूचना सार्वजनिक भएपछि केटलाई कुन क्यान्सर लागेको र कसरी सबैको चासोको विषय बनेको छ । तर केटको कार्यालय केन्सिङ्टन प्यालेसले राजकुमारीलाई चिकित्सा गोपनीयताको अधिकार रहेको भन्दै क्यान्सरको प्रकार पत्ता लगाउनेक्रम जारी रहेकाले थप विवरण नदिने बताएको छ।

क्रिसमसको दिन परिवारसहित चर्चमा देखा परेकी केट त्यसपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्चि कित्सकहरुले भने केटलाई कस्तो प्रकारको क्यान्सर लागेको हो भन्नेबारे पत्ता लगाउन समय लाग्ने जनाएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?