को बन्ला नयाँ जेम्स बोण्ड ?


चैत ८, काठमाडौँ । ब्रिटिस अभिनेता आरोन टेलर–जोन्सनलाई ‘जेम्स बोण्ड’ चरित्रमा अफर गरिएपछि पुनः एकपटक ‘जेम्स बोण्ड’को भूमिकामा कुन अभिनेताले अभिनय गर्लान् भन्ने चर्चा सुरु भएको छ। द सनले ‘किक–एस’ र ‘मार्बल’ फिल्मसका अभिनेता जोन्सनलाई ००७ स्पाई चरित्रका लागि औपचारिक रुपमा प्रस्ताव गरेको जनाएको छ। यो भूमिका यसअघि डेनियल क्रेगले निभाएका थिए।

१६ वर्षभन्दा बढी पाँच जेम्स बोण्ड सिरिजमा अभिनय गरेपछि अभिनेता क्रेगले सन् २०२१ मा यो भूमिका छोडेका थिए। जेम्स बोण्डको पछिल्लो फिल्म ‘नो टाइम टु डाई’ पछि नयाँ फिल्म २६ औं हुनेछ।

यद्यपि बोण्ड फिल्म बनाउने इओन प्रोडक्सनले बोण्डका फिल्ममा आएका अनुमानमाथि आफूहरुले कुनै प्रतिक्रिया नजनाउने बताएको छ। फिल्मको निर्माण टिमका एक सदस्यले बाहिर आएका कुरामा कुनै सत्यता नरहेको उल्लेख गरेका छन्। जेम्स बोण्डको भूमिकालाई लिएर केही समययता अड्कलबाजी भने भइरहेको थियो।

अभिनेता टेलरलाई अर्को बोण्डको रुपमा नामाकरण गरिएको बारे नुमेरो पत्रिकाले सोधेको प्रश्नमा उनले मानिसहरुले आफूलाई ‘जेम्स बोण्ड’को भूमिकामा देखेकोमा आफ्ना लागि त्यो ‘मनमोहक र अद्भुत’ भनेका छन् । ‘म यसलाई ठूलो प्रशंसाको रुपमा लिन्छु’, टेलरले भनेका छन्।

३३ वर्षे टेलरले सन् २००९ मा जोन लेननको बायोपिक ‘नोवेयर ब्वाय’मा लेननको भूमिकामा अभिनय गरेका थिए। थ्रिलर फिल्म ‘नोक्टर्नल एनिमल’मा समेत अभिनय गरेका टेलरले यो फिल्मका लागि सन् २०१७ मा ‘गोल्डेन ग्लोब अवार्ड’ मा ‘बेस्ट सपोर्टिङ एक्टर’ को अवार्ड जितेका थिए।

विगत तीन वर्षमा क्रेगलाई कसले पछ्याउने भनेर मिक्समा फ्याकिएका नामहरुको कुनै कमि छैन । कतिपयले क्रेगलाई पछ्याउने नाम खोज्नु निकै कठिन कार्य भएको बताएका छन्।

‘क्याचिङ बुलेट्सः मेमोर्स अफ ए बोण्ड फ्यान’ का लेखक मार्क ओ’कोनेलले नयाँ बोण्ड केवल रेड कार्पेट सुट र अनुमोदनको घडीमात्र नभएको बताएका छन्।

‘ऊ एक फिल्म स्टार, सिरिज र फिल्मको एक राजदुत, मिडिया कुटनीतिज्ञ, बृटिस संस्कृतिको अभिषिक्त छोरा र उत्पादन तथा समर्थनको एक अर्ब डलर इकोसिस्टमको अनुहार हुनुपर्छ । उसलाई संसारका कुनै पनि कुनाहरुमा जेम्स बोण्डका रुपमा तुरुन्तै चिन्न सकिन्छ। ऊ राम्रो देखिने, क्यामरा समात्न सक्ने र फूटबल पिचका आधारमा फिल्मको पर्दामा हाबी हुनसक्ने हुनुपर्छ, ’उनले भनेका छन्।

जेम्स बोण्डको दौडमा ‘सुपरमेन’ र ‘मिसनः इम्पोसिबल’ अभिनेता हेनरी काभिल पनि थिए। जो डेनियल क्रेग अघि चर्चामा थिए । उनले जेम्सको चरित्रमा अभिनय गर्न आफूलाई मन परेको र यो चरित्र धेरै रोमाञ्चक हुने बताएका छन्।

बोण्डको चरित्रका लागि सबैभन्दा कान्छो नाम ३२ वर्षे डेमसन इद्रिसको पनि नाम आएको छ। उनी सन् २०१७ देखि २०२३ सम्म ६ सिजन प्रसारण भएको अमेरिकी टेलिभिजन क्राइम ड्रामा ‘स्नोफल’मा आफ्नो भूमिकाका लागि चिनिन्छन्। उनले नेटफ्लिक्सको साइ–फाइ एक्सन फिल्म ‘आउटसाइड द वायर’मा पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।

सन् २०१९ मा फिल्म ‘लिटिल वुमन’मा अभिनय गरेका जेम्स नोर्टनको नाम पनि नयाँ जेम्स बोण्डका रुपमा सन् २०१८ मा बाहिर आएको थियो। उनले केही समयअघि मात्र ‘ए लिटिल लाइफ’को स्टेज प्रोडक्सनमा काम गरेका थिए। ३८ वर्षे उनले ‘म्याकमाफिया’ र ‘ह्याप्पी भ्याली’ जस्ता टेलिभिजन ड्रामामा पनि अभिनय गरेका छन्। उनले आफू जेम्स बोण्ड बन्न लागेको खबरलाई गलत भनी खण्डन गरेका थिए।

त्यसो त टम हार्डे, इडरिस एल्बा र क्रिस इभान्सहरु पनि नयाँ जेम्स बोण्डका रुपमा चर्चामा आएका नाम हुन्। ५१ वर्षे अल्बाले जेम्स बोण्ड चरित्र निभाउनका लागि आफू धेरै बुढो भएको बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?