कथाकार परशु प्रधानको निधन


चैत ६, काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ। बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हा।

उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ। उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ। भोजपुरमा वि.सं.२००० सालमा जन्मिएका स्वर्गीय प्रधानले ०१६ सालमा ‘जीवनपथ’ कविताबाट साहित्यक यात्रा आरम्भ गरेका थिए।

उनका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तराद्र्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्रधानका उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया लगायत कथा संग्रहहरु प्रकाशित छन्। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?