पीएसएलको उपाधि इस्लामावाद युनाइटेलाई


चैत ६, काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को उपाधि इस्लामावाद युनाइटेडले जितेको छ। अन्तिम बलमा २ विकेटको रोमाञ्चक जित निकाल्दै इस्लामावाद युनाइटेडले उपाधि जितेको हो। इस्लामाबाद युनाइटेडको यो तेस्रो पीएसएल उपाधि हो।

इस्लामाबादले २०१६ मा प्रतियोगिताको पहिलो उपाधि नै जितेको थियो । त्यसपछि सन् २०१८ मा पनि च्याम्पियन बनेको थियो। इस्लामाबाद तीनवटा पीएसएल ट्रफी जित्ने एक मात्र टोली हो। लाहोर कलन्दर्सले दुई पटक पीएसएलको उपाधि जितेको छ। टोली २०२२ र २०२३ मा च्याम्पियन बनेको थियो।मुल्तान सुल्तान टोलीले २०२१ मा उपाधि जितेको थियो।

सोमबार राति भएको खेलमा मोहमद रिजवानको टोली मुल्तान सुल्तानले पहिला ब्याटिङ गर्दै १५९ रन बनाए पनि उपाधि जित्न सफल भएन्। रिजवानले टस जितेर ब्याटिङ रोजेका थिए। पहिले ब्याटिङ गरेको मुल्तानले २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफमा इस्लामाबादको टोलीले अन्तिम बलमा १६३ रन बनाएर २ विकेटले खेल जित्यो । इस्लामावादका नायक हुनैन शाहले चौका प्रहार गर्दै टोलीलाई च्याम्पियन बनाएका हुन् ।

पहिले ब्याटिङ गरेको इफ्तिखार अहमद र उस्मान खानले मुल्तानलाई १ सय ५९ रनको संघर्षपूर्ण स्कोरमा पुर्याएका थिए। टोलीको १४ रनमा दुई ब्याट्सम्यान आउट भएका थिए। यसपछि उस्मान खानले ४० बलमा ५७ रनको समझदार इनिङ खेल्दै टोलीलाई केही हदसम्म सम्हालेका थिए। उनको इनिङ्समा ७ चौका र १ छक्का समावेश थियो । तर, अर्कोतर्फबाट विकेटको श्रृङ्खला लगातार झरेको थियो।

अन्त्यमा इफ्तिखार अहमदले २० बलमा नटआउट ३२ रनको आक्रामक पारि खेले। उनको इनिङ्समा ३ चौका र ३ छक्का प्रहार गरेका थिए।इस्लामावादका इमाद वासिमले सर्वाधिक ५ विकेट लिँदा सदाव खानले ३ विकेट हात पारे।

१६० रनको लक्ष्यसहित मैदान उत्रिएको इस्लामावादले खेल अन्तिम ओभरसम्म लगेको थियो। इस्लामाबादको जितमा मार्टिन गप्टिल चम्किए जसले टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेले।

लक्ष्य पछ्याउने क्रममा मार्टिन गप्टिलले उत्कृष्ट ५० रन बनाए। ३२ बलको सामना गर्दै उनले ४ चौका र ३ छक्का प्रहार गरे। उनी बाहेक विकेटकिपर ब्याट्सम्यान आजम खानले २२ बलमा ३० रनको इनिङ खेले। उता इमाद वासिमले १९ रन बनाएर अविजित रहे भने हुनैन शाहले विजयी चौका प्रहार गरे। हुनैन १ बलमा ४ रन बनाएर नटआउट रहे।

मुल्तानका खुसदील साह र इफ्तिकर अहमदले २–२ विकेट लिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?