भिभो भी ३० सार्वजनिक हुनअघि नै जोशीको हातमा


फागुन १८, काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी ३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएको छ।

यो नयाँ स्मार्टफोनको बारेमाविस्तृतमा सम्पूर्ण विवरणहरुको खुलासा भइसकेको छैन। यद्यपि यसको प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी ३० स्मार्टफोनमा आकर्षकविशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन्।

यो नयाँ स्मार्टफोनले फोटोग्राफीका लागि धेरै सुविधा ल्याउँदैछ। यसको क्यामरामा विशेषगरि पोट्र्रेट खिच्न फोकसराम्रो छ। भी २९ को स्मार्ट कलर टेम्प्रेचर एडजस्टमेन्टको सफलतापछि, भी ३० माऔरा लाइट पोट्र्रेट विशेषता छ, जसमा टाढाको दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीयपोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको सुविधा छ। यसका साथैयो स्मार्टफोनमा आकर्षकग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५० एमपी अल्ट्रा–वाइड–एंगल क्यामेराआउने अपेक्षा गरिएको छ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी ३० क्लासिक ‘नोबल ब्ल्याक’ रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ। पर्फमेन्सको सन्दर्भमा भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ। यो एक स्लिम फोन हुनुका साथै सहज प्रयोगकर्ता अनुभवका लागि स्न्यापड्रयागन ७ जेन ३ प्रोसेसर साथ आउनेछ।

यो सेटले प्रिमियम लुक र स्मूद भिजुअलका लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको विक्रेताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?