भजनशिरोमणि आचार्यलाई प्रधानमन्त्री प्रचण्डदेखि ओलीसम्मले दिए श्रद्धाञ्जली (फोटो फिचर)


फागुन १५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई श्रद्धाञ्जली दिएका छन्। आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गरेका छन्। आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन सरकारका मन्त्री, विभिन्न दलका नेता, कार्यकर्ता र कलाहरु नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान पुगेका थिए।

भजन शिरोमणि उपाधि पाएका उनको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–सङ्गीत क्षेत्रमै छन्।

विसं १९९९ मा धनकुटामा जन्मेका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका छन्। नेपाली सुगम सङ्गीतमा उनको महत्वपूर्ण योगदान छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?