मिटरब्याज पीडितको मार्च वर्षाले प्रभावित


फागुन १०, काठमाडौं । मिटरब्याज पीडितहरुले सुरु गरेको न्याय मार्च अभियान बिहीबार वर्षाका कारण प्रभावित भएको छ। थानकोटको त्रिभुवनपार्कमा बसेका पीडितहरु दिउँसो १२ बजेबाट हिँडेर सिंहदरबारसम्म आउने तयारीमा थिए। तर, दिउँसोदेखि नै पानी परेका कारण सिंहदरबार पुग्न सम्भव नभएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ।

मिटरब्याज पीडितहरुले न्याय माग्दै १६ माघमा पूर्व मेची र पश्चिम महाकालीबाट एकैपटक न्याय मार्च सुरु गरेका हुन्। पूर्वबाट ६ सय किलोमिटर र पश्चिमबाट ७ सय किलोमिटर २३ दिनसम्म हिँडेर पार गर्दै टोली काठमाडौं आइपुगेको हो।

संघर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार बिहीबारको पूर्वनिर्धारित कार्यक्रम बिथोलिएपछि शुक्रबार सिंहदरबारसम्मको मार्च गर्ने तयारी छ। मार्चमा एक हजार बढी पीडित सहभागी हुने उनले बताएका छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?