काठमाडौंमा बिहीबार पहिलो हिउँदे वर्षा


फागुन १०, काठमाडौं । हिउँद बित्न लाग्दा काठमाडौंमा बिहीबार छिटपुट वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाको मौसम विभागले यो यसपालिको पहिलो हिउँदे वर्षा भएको जनाएको छ।

काठमाडौंसहित अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। बिहीबार विहानैदेखि मौसम प्रतिकूल रहँदा आन्तरिक वायुसेवाको उडान तालिका प्रभावित भएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?