आज सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?


फागुन ९, काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ। बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?