‘देउवा–प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’


फागुन ८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएर बताएका छन्। पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको काम नगरेको र असभंव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरे पनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताए।

उनले भने, ‘उहाँहरुको योजना के भने हामीलाई चक्लेट, ललिपप् देखाउने र सिद्धान्त छोडेर मिल्छौ भन्ने हो। उहाँहरुको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो। प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो।’

राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनिउनको भनाई छ। उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बद्नाम गर्न खोजियो। सिट मागेको भनेर हल्ला गर्नुभयो। एमालेले सिट लेनदेन गर्न खोजेको छ। सिट मागिरहेकाछ भनेर हामीलाई बद्नाम गर्न खोज्नुभयो। जुन कुरा गलत थियो र उचित थिएन्।’

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए। ‘सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो। त्यो प्रस्तावपछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो। त्यसलाई अस्वीकार नगरे पनि हामीलाई विश्वास थिएन। उहाँहरु यथास्थितिमा टीआरसी टुङ्ग्याउने पक्षमा हुनुहुन्थ्यो । त्यो हामीलाई मान्यथिएन्,’ ओलीले भने।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?