वीरगंजमा अनिश्चितकालीन कर्फ्यु, रौतहटको इशनाथ घटनाका विषयमा तनाव


फागुन ७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ। गत बिहीवार रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा मूर्ति विसर्जनका विषयमा भएको झडपको घटनालाई लिएर शनिबार वीरगंजमा प्रदर्शन भएको थियो।

उक्त विरोध जुलुसका क्रममा झडपको स्थिति आएको भन्दै शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।

वीरगंज महानगरपालिकाको पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मित्तेरीपुल (भन्सार क्षेत्र) तोकेर कर्फ्यु प्रमुख जिल्ला अधिकारी दीनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन्।

उक्त क्षेत्र भित्र आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाइने प्रशासनको सूचनामा छ। अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरिएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?