‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ सार्वजनिक


फागुन ७, काठमाडौं । लेखक डा देवी क्षेत्री दुलालद्वारा लिखित ‘वैरागी काईँलाका प्रारम्भिक रचनाहरु’ नामक पुस्तक सार्वजनिक भएको छ। काठमाडौंको प्रज्ञा भवनमा सोमबार आयोजित कार्यक्रमका उक्त कृति सार्वजनिक गरिएको हो।

कार्यक्रममा वैरागी काईँलाले पुस्तकमा त्यसै पन्छाएर राखेका रचनाहरु छापिएकोमा खुसी व्यक्त गरे। साहित्यको दृष्टिकोणले पुस्तकको महत्व कम भए पनि आफ्नो लेखनको यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु रहेको उनको भनाइ छ।

उनले भने,‘यो किताबमा छापिएका गद्य, पद्य विधाका रचनाहरु मैले त्यसै पन्छाएर राखेको थिएँ। यो सुरुको सिकारु बेला लेखेको भएर पछि छापिएको संग्रहमा मैले नराखेको हो। तर देवी क्षेत्री दुलालजीले खोजखाज गरेर यसलाई त निकाल्नुपर्छ भन्नुभयो। साहित्यको दृष्टिकोणले यसको महत्व नभए पनि मेरो लेखक यात्राको इतिहासमा त्यसको अध्ययनमा काम लाग्ने वस्तु हुन्छ।’ पाँचथर स्रष्टा मञ्चको आयोजनामा भएको कार्यक्रममा काईँलालाई अभिनन्दन पनि गरिएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?