युद्धप्रसाद मिश्र पुरस्कार गायक रामकृष्ण दुवाललाई


माघ २८, काठमाडौं । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले यस वर्षको ‘युद्धप्रसाद मिश्र स्मृति पुरस्कार’ वरिष्ठ जनगायक, सङ्गीतकार, वाद्यवादक, बालगीतकार एवम् बालगीत सङ्गीतकार, नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई प्रदान गर्ने निर्णय गरेको छ।

मिश्र स्मृति प्रतिष्ठानको १३औँ पूर्ण बैठकले वरिष्ठ जनगायक दुवाललाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गर्ने निर्णय गरेको महासचिव नन्दु उप्रेतीले जानकारी दिए।

काठमाडौंको किर्तीपुर निवासी दुवाल विगत लामो समयदेखि जनपक्षीय गायन, सङ्गीत र नेवारी प्राचीन शास्त्रीय लोक सङ्गीतको अध्ययन अनुसन्धान एवम् अन्वेषण र संरक्षणमा समेत क्रियाशील छन्।

प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीले दिएको जानकारी अनुसार सो पुरस्कार २०८० फागुन ६ गते कवि युद्धप्रसाद मिश्र ३४ औँ स्मृति दिवसका दिन वरिष्ठ गायक दुवाललाई काठमाडौंमा प्रदान गरिने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?