मोरङको एक कबाडी गोदाममा आगलागी, दुई जनाको मृत्यु, चार घाइते


मंसिर २१, मोरङ । विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका जलेको अवस्थामा एउटा शव घटनास्थलमा भेटिएको छ।

विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान र सोही स्थान बस्ने ६० वर्षीया रिता सरदार गम्भीर घाइते भएका छिन्। विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएका छन्।

विराटनगरकासहित छ वटा बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। घाइतेहरुको न्यूरो अस्पताल र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। आगलागीका कारण एवं क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?