सुनको मूल्य ३ सयले घट्यो, चाँदीको बढ्यो


मंसिर १५, काठमाडौं । साताको अन्तिम दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ। छापावाला सुन आज तोलामा एक लाख १९ हजार रुपैयाँमा कारेबार भइरहेको छ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४ सय ५० कायमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य घट्दा चाँदीको मूल्य भने आज २० रुपैयाँले बढेको छ। बढेको मूल्य अनुसार चाँदी आज एक हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?