मेलबर्नमा नेपालीहरूलाई गाडी चलाउन सिकाइरहेको ‘अविशा ड्राइभिङ स्कुल’


मंसिर ४, मेलबर्न, अष्ट्रेलिया। अष्ट्रेलिया, कयाैँ नेपाली युवाहरूको सपनाको देश। पछिल्लो समय नेपालबाट अष्ट्रेलिया आउने नेपालीहरूको संख्या बढेको छ। त्यसमध्ये अधिकांश युवा विद्यार्थीहरू छन्।

नेपालबाट विदेश जाने भनेपछि महिनाै देखिको तयारी हुन्छ। काम पाउन सजिलो हुने भन्दै कफि बनाउनेदेखि किचनमा पिज्जा लगायत अन्य खानेकुराहरू बनाउन सिकेर अष्ट्रेलिया आउने गरेका छन्। तर, योसँगै अर्को छुटाउन नहुने भनेको ड्राइभिङ हो।

अष्ट्रेलियामा सवारी चालक अनुमति पत्र भएका व्यक्तिले काम पाउने धेरै सम्भवना हुन्छ। तर, ड्राइभिङ मात्रै सबैकुरा भन्न खोजिएको भने होइन। अन्य सीपसँगै ड्राइभिक स्किल हुँदा उत्तम।

नेपालको अस्तव्यस्त सडक, चोकचोकमा ट्राफिक प्रहरीको इशाराले मात्रै गाडी चलाउन बानी परेका हामीलाई अष्ट्रेलिया विभिन्न सङ्केत र नियमले अन्योलमा पार्छ। कतिपय अवस्थामा ठूलो जरिबाना समेत तिर्नुपर्छ। यसबाट बच्नका लागि अष्ट्रेलिया आइसकेपछि यहाँकै प्रशिक्षकबाट गाडी चलाउन सिक्नु उत्तम हुन्छ।

अष्ट्रेलियाको मेलबर्नमा सवारी चालकको प्रशिक्षण दिन विक्रम अधिकारीले ‘अविशा ड्राइभिङ स्कुल’ सञ्चालन गरिरहेका छन्। नेपालमा चितवन घर भएका अधिकारी अहिले मेलबर्नको क्रेगिबर्नमा बस्छन्। सोही ठाउँमा उनले ड्राइभिङ स्कुल सञ्चालन गरिरहेका छन्। उनको यो स्कुलबाट करीब २ सय जनाले ड्राइभिङ सिकिसकेका छन्। त्यसमध्ये अधिकांश नेपाली सहित अन्य विदेशी पनि रहेको उनी बताउँछन्।

उनले नेपाली भाषा नै प्रयोग गर्न सकिने भएका कारण नेपाली प्रशिक्षकबाट ड्राइभिङ प्रशिक्षण लिनु नेपालीहरूका लागि उपयुक्त भएको बताएका छन्। उनि भन्छन्, ‘ सबै ड्राइभिक स्कुलले सिकाउने गाडी चलाउन नै हो। अष्ट्रेलियाकै ड्राइभिङ स्कुलमा भन्दा हाम्रोमा भाषा नै सबैभन्दा मुख्य फरक हो। हामी नेपाली भाषामा नै सरल र सहज रूपमा बुझाउन सक्छाैँ। यसले सिक्न खोज्नेहरूलाई सहज बनाउँछ। त्यसमा पनि आँफु अनुकुल समय मिलाउन सकिने भएका कारण अविशामा अझ सजिलो हुन्छ।’

ड्राइभिङ सिक्न चाहनेहरूको सीप अनुसार केही दिन तलमाथिमा गाडी चलाउन सक्ने बनाइने अनुभव अधिकारीको छ। उनका अनुसार नेपालबाटै राम्रोसँग गाडी चलाउन जानेकाहरूलाई सरसर्ती ट्राफिक नियम बुझाउँदा मात्रै हुन्छ। तर केही नजानेकाहरूका लागि समय बढी लाग्छ। उनका अनुसार सामान्यतया १५ वटा क्लास लिँदा अष्ट्रेलियामा गाडी चलाउन सकिने भइन्छ।

उनले एमएनटिभिसँगको संवादमा ड्राइभिङ क्लासको शुल्कबारे पनि खुलाए। ‘घण्टाको हिसाबले गर्दा प्रतिघण्टा ५५ डलर शुल्क छ। तर कसैले १० दिनको प्याकेज लिनुहुन्छ भने ५०० डलरमा हामी सिकाइरहेका छाैँ।’

यहाँको लाइसेन्स लिने प्रक्रिया लामो भएका कारण नेपालमै ड्राइभिङ सिकेर अनि लाइसेन्स निकालेर अष्ट्रेलिया आउन उनले विद्यार्थीहरूलाई सुझाव दिएका छन्। नेपालको लाइसेन्सले नै यहाँ ६ महिनासम्म गाडी चलाउन पाइने र त्यसपछि अष्ट्रेलियाकै लाइसेन्स लिने प्रक्रिया समेत सहज हुने उनको भनाइ छ।

अधिकारी अष्ट्रेलिया आएको करीब १५ वर्ष भइसकेको उनि बताउँछन्। अरूको काम गर्दा आफ्नै केही सुरू गराैँ भन्ने उद्देश्यबाट उनले ड्राइभिङ प्रशिक्षण सुरू गरेका हुन्। एमएनटिभिसँगको संवादमा उनि भन्छन्, ‘अहिलेसम्म राम्रो भइरहेको छ। केही गराै भन्ने मनसायबाट सुरू गरेको कामले सन्तुष्टि दिइरहेको छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]